२०८१ चैत्र १३ गते बुधवार

स्रोत नखुलेको १ करोड ४७ लाख रूपैयाँसहित दुई भारतीय नागरिक पक्राउ



२० पुष । स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई प्रहरीले काठमाडौँको नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कपिलबस्तु वाडगंगा नगरपालिका(४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कार आज बिहान ४ बजेतिर चेकजाँचका क्रममा ३ वटा झोलामा लुकाई ल्याएको सो रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्