२०८२ बैशाख १० गते मङ्गलवार

५० राउन्ड गोलिसहित एकजना पक्राऊ



२० पुष, दाङ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना ५० राउन्ड गोलिसहित  पक्राऊ  परेका छन् ।

झापाको भद्रपुर जान लागेका झापा मेचीनगर–२ का बद्रीहाङ राई ५० राउन्ड गोलीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेका राई ९ एमएमको पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षाकामा खटिएका सुरक्षाकर्मीको चेकजाँचका क्रममा उनी पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्