२० पुष, दाङ ।
आज ग्वारखोला पुल नजिकै बस दुर्घटनामा परेको छ । घोराही आउदै गरेको ना ६ ख १८१४ नम्बरको बस ग्वारखोला पुल प्रवेश गर्ने उकालोमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि १९ जना घाईते भएका छन् ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटना पश्चात बस चालक फरार रहेका छन् ।
दुर्घटना हुनुको कारण भने अझै खुल्न सकेको छैन । घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिहंले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार