२०८१ माघ ७ गते सोमवार

सीता दाहाललाई उपचारका लागि भारत लगियो




२० पुस,काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई उपचारका लागि सोमबार मुम्बई लगिएको छ ।

प्रचण्ड पनि पत्नी सीता दाहालसँगै मुम्बई प्रस्थान गरेका छन् ।

प्रचण्डनिकट स्रोतका अनुसार मुलुकको राजनीतिक र पार्टीको बैठक चलिरहेकाले प्रचण्डले यसपल्ट नजान चाहेका थिए । तर, पत्नी सीताले जिद्दि गरेकाले सँगै गएका हुन् ।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी छन् । केही दिनअघि उनको मिडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि मुम्बई लैजानुपर्ने अवस्था आएको प्रचण्डनिकट स्रोत बताउँछ ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्