२०८१ माघ ५ गते शनिवार

हिजो घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो ?



१८ मंसिर, काठमाडौँ – हिजो ओरालो लागेको सुनको भाउ आज (मंगलबार) फेरि बढेको छ । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार तीन सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा एक हजार आठ सय १५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्