२०८१ मङ्सिर २५ गते मङ्गलवार

रोल्पाको त्रिवेणी गाउँपालिका–५ बालश्रम मुक्त वडा घोषणा



१७ मंसिर,घोराही –
कुनै पनि बालबालिका श्रममा नभएको पुष्टि गर्दै रोल्पाको त्रिवेणी गाउँपालिका ५ बालश्रम मुक्त वडा घोषणा भएको छ । त्रिवेणी गाउँपालिकाको बालश्रम मुक्त गर्ने तीन वर्षे रणनीति योजना र लक्ष्य पूरा भएको भन्दै गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले पालिकाको पहिलो वडाको रूपमा वडा नं. ५ जुगारलाई बालश्रम मुक्त घोषणा गर्नुभएको हो ।

’असल अभिभावक, सुरक्षित बालबालिका ः सुखी र समृद्ध त्रिवेणी गाउँपालिका’ मूल नाराका साथ त्रिवेणी गाउँपालिकाले बाल श्रम निवारणसम्बन्धी रणनीति योजना २०७५—२०७७ निर्माण गरी कार्यान्वयन गरेको हो ।

यो रणनीति योजना निर्माण र कार्यान्यवन गर्न सेभ द चिल्ड्रेन र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले सहजीकरण गरेको वडा नं. ५ का अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।

परम्परागत रूपमै पहिलेदेखि नै रोल्पाबाट विद्यालय उमेरका बालबालिका इँटा भट्टा लगायतका जोखिमपूर्ण श्रममा जाने समस्या रहँदै आएकोमा त्रिवेणी गाउँपालिकाले त्यसको निवारणका लागि पहल गरेको गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले बताउनुभयो ।।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्