२०८१ चैत्र ११ गते सोमवार

दाङमा ईट्टा भट्टा उद्योगमा काम गर्ने एक मजदुरको मृत्यु



१८ मंसिर।
दाङको घोराहीमा एक ईट्टा उद्योगमा कार्यरत भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतको बहराईज लखैहिया घरभई हाल घोराही उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको किसान ईट्टा उद्योगमा काम गर्ने २० वर्षीय दिलीप कुमार विश्वकर्माको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

गएराति पौने ८ बजेतिर खाना खाएर आगो तापिरहेको अवस्थामा एक्कासी बान्ता हुन गई मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले बताउनुभएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको उहाँको भनाई रहेको छ ।।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्