१८ मंसिर ।
लागु औषध ट्याबलेट सहित तुलसीपुर प्रहरीले बस सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ अकासी घर भएका रा १ ख १६८२ नम्बरको बस सहचालक २५ बर्षका देवबहादुर खड्का रहेको प्रहरीले बताएको छ ।
खड्काको साथबाट प्रहरीले निट्राजिपाम ३ सय ४५ ट्याबेलट र ट्रामाडोल हाइड्रोक्लोराइड एक सय २० क्याप्सुल बरामद गरेको छ ।
लागु औषध बिक्री बितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले नेपालगंजबाट तुलसीपुरको बसपार्क तर्फ आउदै गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा खेटेको प्रहरीले बसपार्कबाट पक्राउ गरेको हो ।
स्रोतका अनुसार चालक तुलसीपुर १९ निबासी मानबहादुर नेपाली पनि पक्राउ परेको जनाईएको छ ।।