२०८२ बैशाख ९ गते सोमवार

देशभर थप १ हजार ३४३ जना संक्रमित भेटिए



१९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका थप १ हजार ३४३ जना संक्रमित भेटिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नौ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ३४३ जनामा संक्रमण पुष्टि भएको हो। जसमध्ये पुरुष ८०९ जना र महिला ५३४ जना छन्।

बिहीबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ छ।

कुल संक्रमितमध्ये हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भइसकेका छन् भने संक्रमणबाट एक हजार ५५१ जनाको मृत्यु भएको छ। बिहीबार २ हजार १११ जना निको भएका छन्। संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्