२०८१ चैत्र ६ गते बुधवार

हुम्ला विमानस्थलका कर्मचारी बस्ने घरमा आगलागी



१८ मंसिर । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगोले कार्यालय प्रमुख बस्ने कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमिकोटका स्थानीय बासिन्दा लागि परेका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्