१७ कार्तिक,घोराही –
दाङमा आज कोरोनाका तीन जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १२ जनामा गरिएको पिसिआर परिक्षणमा घोराहीका दुई पुुरुष र तुलसीपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो ।
यसैविच आज दाङका पाँच जना कोरोना संक्तमण मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा घोराहीका चार जना र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।
अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २९ मा झरेको छ । उनिहरु मध्य २६ जना घरमा र ३ जना आईसियू सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।।
प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार