२०८१ मङ्सिर १६ गते आइतवार

दाङ छाड्दै गर्दा प्रजिअ कुरुम्बाङले सार्वजनिक गरे आफ्ना उपलब्धिहरु



१७ कार्तिक,दाङ  – दाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामबहादुर कुरुम्बाङको दाङ आएको ५ महिनामा नै सरुवा भएको छ। उहाँले सामाजिक संजाल फेसबुक मार्फत आज बुधबार दाङ छाड्दै गरेको जानकारी गराउनुभएको हो ।

एक कुशल प्रशासकको रुपमा पहिचान बनाउनुभएका कुरुम्बाङले ५ महिनाको अवधीमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको छ ।

 सामाजिक सञ्जालमा लेख्दै उहाँले ५ महिनामा १७ उपलब्धिलाई यसरी उल्लेख गर्नुभएको छ।

१) कोमामा रहेको फोरलेन सडकको निर्माणकार्यको सुरुवात यो दिपावली पछि फुल फेजमा शुरु हुने

२) पत्रेखोलाको खाल्डो मर्मत

३) राप्ती नदी सिसहनियाको क्षतिग्रस्त पुल १० दिनमानै मर्मत

४) मापदण्ड भन्दा बढी तौल बोक्ने टिप्परहरुको नियमन २५१ लाई कार्बाही

५) लमही र तुलसीपुरमा हप्तामा एकपटक प्रजिअ आफै उपस्तिथितभै कार्यसंचालन

६) बिपदबाट मृत्यु भएका १५ जनाका आफन्तलाई घरमै जनही १ लाख राहत वितरण

७) अक्सिजनको उत्पादन क्षमता प्रतिदिन १३० सिलिन्डरबाट १००० बढी

८) राप्ती प्रदेशिक अस्पतालमा ८० बेड क्षमताको कोभिड वार्डको स्थापना

९) ७१ जना फरार अपराधी पक्राउ

१०) ८१ जना जुवाडे पक्राउ

११) आधुनिक हतियार सहित ४ जना पक्राउ

१२) ब्राउन सुगर २०० ग्राम चरेश १० के जि सहित ३२ जना पक्राउ

१३) नदिजन्य पदार्थ दोहनमा संलग्न १४७ सबारी साधनलाई कार्बाही

१४) संरक्षित बन्यजन्तुका अंग सहित ११ जना पक्राउ

१५) ५५ थान चोरीका मोटरसाइकल बरामद

१६) पुरुषलाई होटलमा बोलाई हनिट्रापमा पार्ने ४ महिला पक्राउ

१७) यो साल सम्पन्न हुने दाङ देउखुरीको निर्माणधिन कालाकाटे राजपुर हुलाकी सडक खन्डको सहजीकरण

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्