२०८१ चैत्र ११ गते सोमवार

दाङमा कोरोनाबाट थप एक जनाको मृत्यु



१८ कार्तिक । दाङमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी ५६ बर्षीय संक्रमितको गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले दिएको जानकारी अनुसार केही दिन अघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा समस्या, निमोनिया भएपछि उपचारका लागि कोहलपुर लगिएको अबस्थामा उनको मृत्यु भएको हो । यो संगै तुलसीपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्