२०८१ चैत्र १० गते आइतवार

काठमाडौँ उपत्यकामा थपिए १४ सय ६८ कोरोना संक्रमित



१८ कार्तिक । काठमाडौँ उपत्यकामा आज १४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १५ हजार ८६३ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १०१९ र ललितपुरमा २२६४ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ४९ हजार ६७६ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ४८७९ र ललितपुरका ६८ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म काठमाडौँमा कुल ६५ हजार ७८८ जना संक्रमित भएका छन् भने भक्तपुरका ५९६६ र ललितपुरका ९३१४ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्