१८ कार्तिक । प्युठानमा झन्डै डेढ लाख नगद सहित १० जुवाडे पक्राउ परेका छन् । प्युठानको माण्डपी गाउँपालिका ३ लामाचौर स्थित शरद केसीको घरबाट गएराती दश जना जुवाडेलाई नगद सहित पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय प्युठानबाट सादा पोशकमा खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले १ लाख ६८ हजार ४० रुपैया नगद र १ गड्डी सहित दश जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार