२०८२ बैशाख ९ गते सोमवार

दाङको घोराहीमा कृषि सहकारी बजार सञ्चालन



१८ कार्तिक । दाङको घोराहीमा कृषकले उत्पादन गरेका वस्तु खरिद गर्ने तथा उपभोक्तालाई सहुलियत रुपमा सामाग्री उपलब्ध गराउने उदेश्यले सहकारी बजार सञ्चालनमा ल्याइएको छ । केहि दिन अघिदेखि घोराहीमा सहकारी बजार सञ्चालनमा ल्याइएको हो । घोराहीमा रहेको सर्वोत्तम बहुउश्यीय सहकारी संस्थाले सहकारी सहुलियत बजार सञ्चालन गरेको छ । सहकारीले प्रदेश सरकारको सहयोगमा सहकारी बजार सञ्चालनमा ल्याएको जनाएको छ ।

सहकारी बजार सञ्चालनका लागि लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५० प्रतिशत सहयोग र सहकारी संस्थाको ५० प्रतिशत लागतमा सहकारी बजार सञ्चालनमा ल्याएको हो । सहकारी बजार एउटै छानामुनि दैनिक आवश्यक पर्ने समपूर्ण उपभोग्य सामानहरु सहुलियतमा दरमा उपलब्ध हुने सर्वोत्तम सहकारी संस्थाका अध्यक्ष धुव्रराज पौडे्लले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्