२०८२ बैशाख १८ गते बुधवार

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन



१८ कार्तिक । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधन भएको छ । कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसीको गएराति निधन भएको हो । ६३ वर्षका उहाँलाई मधुमेह र उच्च रक्तचापको समस्या थियो । उहाँको आज अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।

२०७४ सालमा राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका केसी त्यसयता कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत हुनुहुन्थ्यो । उहाँ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्थ्यो । केसीका श्रीमती र तीन जना छोरा छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्