२०८१ चैत्र ११ गते सोमवार

सुत्केरी महिलालाई रगतको अभाद हुँदा सशस्त्र प्रहरीद्धारा रक्तदान

रुकुम पश्चिम


१८ कात्तिक ।  सशस्त्र प्रहरी बल ४७ न गुल्म रुकुम पश्चिम ब्लड बैंककै रुपमा स्थानीयलाई सहयोग गर्दै आएको छ । जिल्लामा ब्लड बैंक नहुदा बेला बेला बिरामीहरुलाई ब्लड चाहिन्छ,त्यतिबेला सशस्त्र प्रहरी बल सहयोग गर्छ ।अन्तिम अवस्था ,जटिल अवस्थाका बिरामीलाई ब्लड चाहिएमा अस्पताल तथा स्थानीयबासि सशस्त्र प्रहरी बललाई नै गुहार्ने गर्छन् ।
हुन त पहाडी जिल्ला तथा ब्लड बैंकको सुविधा नभएका ठाउँमा अनेत्र पनि ब्लड दिने गर्दै आएको छ । यस सन्दर्भमा सोमबार उक्त सशस्त्र प्रहरी बल ४७ न गुल्म रुकुम पश्चिम बाट सानोभेरि गाउँपालिका वडा न ४ बस्ने बर्ष ३८ कि अनिता ओलीलाई सशस्त्र प्रहरी बल ४७ न गुल्ममा कार्यरत प्रताप चौधरी र पितामबर ठकुन्नाले एक एक पौण्ड ब्लड दिएर उनको उपचारमा सहयोग गरे । यस प्रकारका कार्य निरन्तर भैरहेको सशस्त्र प्रहरी बल रुकुम पश्चिम प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम सिङ धामिले बताए ।कर्णालीका अन्य जिल्ला भन्दा रुकुम पश्चिममा केही सुविधा सम्पन्न जिल्ला भएपनि ब्लड बैंकको सुविधा नभएको जिल्लामा पर्छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्