२०८१ चैत्र १३ गते बुधवार

आज दाङमा १० जना संक्रमित थपिए, २९ जना निको



१८ भदौ, घोराही –
आज दाङका २९ जना कोरोना संक्रमित निको हुदा थप १० जनामा संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ४० जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराहीका ४, तुलसीपुरका ३, लमही, बबई र गढवाका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै वितेको २४ घण्टाका दाङमा २९ जना कोरोना मुक्त भएका छन् । कोरोनामुक्त हुनेमा तुलसीपुरका १७, घोराहीका ४ बबई र लमहीका ३÷३ जना र राप्तिका २ जना रहेको केन्द्रले जनाएको छ ।

यस्तै दाङमा बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ९ सय ३१ जना पुगेको छ । ति मध्य ८ हजार ६ सय ४२ जना निको भएका छन् भने मृत्यु हुनेको संख्या २ सय १० पुगेको केन्द्रले जनाएको छ ।।

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्