१८ भदौ,घोराही –
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा लुम्बिनि प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेल भोली शनिवार तुलसीपुर आउनुहुने भएको छ । एमाले दाङ ३ नम्बर निर्वाचन क्षेत्रको आयोजनामा विशेष प्रशिक्षण तथा भेला लाई सम्बोधन गर्न पोख्रेल दाङ आउन लागेको क्षेत्रिय ईन्चार्ज मान बहादुर रावतले जानकारी दिनुभएको छ ।
दोघरे सभाहलमा विहान साढे ११ बजे कार्यक्रमको आयोजना गरिएको छ । भेलामा उपस्थितिका लागि सबै पार्टि सदस्यहरुलाई एमालेले अपिल समेत गरेको छ । साथै कार्यक्रम सम्पन्न गर्नका लागि हिजो विभिन्न समितिहरु समेत गठन गरेको छ । समितिले आ आफ्नो जिम्मेवारी अनुसार तयारी थालेका छन ।