२०८१ चैत्र १० गते आइतवार

दाङमा बलात्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ



१८ भदौ, घोराही –
दाङमा एक युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा युवक पक्राउ परेका छन् । पश्चिम दाङको बबई गाउँपालिका वडा नम्वर ५ बस्ने एक युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सोहि ठाउँका २८ बर्षिय सुनिल विक पक्राउ परेको प्रहरीले बताएको छ ।

गत मंगलवार राती एघार बजे तिर विकले ती युवतीलाई बलात्कार प्रयास गरेका थिए । घटना भएलगतै फरार भएका आरोपितलाई बुधवार पक्राउ गरिएको हो । पिडितको जाहेरीको आधारमा पक्राउ परेका विक माथी जवरजस्ती करणी उद्योग सम्बन्धी मुद्धा दर्ता गरी म्याद थप भई आवश्यक अनुसन्धान भईरहेको प्रहरी कार्यलय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्