१८ भदौ, घोराही –
दाङमा कालोमौरीको टोकाइबाट एक जना बालक गम्भीर घाइते भएका छन् । आज मध्यान्न १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका १५ कोठरी निवासी १० बर्षिय बालक जिसन रावतलाई कालोमौरीले टोक्दा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिनुभयो ।
उनलाई घर नजिकै खेल्ने क्रममा कालोमौरीले टोकेको प्रहरीले बताएको छ । त्यस्तै घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार