२०८१ मङ्सिर २५ गते मङ्गलवार

कपुरकोटमा यात्रुवाहक बस दुर्घटना, दाङका ३ सहित १५ जना घाइते



१८ भदौ, घोराही –
सल्यानको कपुरकोटमा यात्रुवाहक बस दुर्घटना हुदा १५ जना घाइते भएका छन् । आज दिउसो पौने २ बजेतिर कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै जमपानी भन्ने स्थानमा दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितीको रा १ ख १७९२ नम्बरको बस अनियन्त्रित भई सडकको माथिल्लो भागको भित्तामा पल्टिन जाँदा बसमा २८ जनामध्ये १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।घाइते हुनेमा सल्यानको कपुरकोट ५ का २३ वर्षिय रेखा साहु, सोही ठाउँ निवासी ३१ वर्षिय सिता बुढाथोकी, दार्मा गउायँपालिका ५ निवासी २० वर्षिय प्रबेश बस्नेत, शारदा नगरपालिका १५ निवासी ४९ वर्षिय ताराप्रसाद नाथ, शारदा नगरपालिका १ निवासी ४० वर्षिय कृष्णा गौतम, कुमाख गाउँपालिका निवासी ७३ वर्षिय हिरे राना, कपुरकोट गाउँपालिका ५ रिम निवासी ४५ वर्षिय धनकुमारी रोका, सोही ठाउँ निवासी २१ वर्षिय याम कुमारी बोहरा, कपुरकोट ५ का तिला महतरा रहेका छन् ।

यस्तै बागचौर नगरपालिका २ निवासी ४५ वर्षिय लालबहादुर डाँगी, दाङको दंगीशरण गाउँपालिका ५ निवासी २५ वर्षिय निर्मला शर्मा, तुलसीपुर ३ निवासी २८ वर्षिय बिनोद बुढाथोकी, रुकुम पश्चिम को मुसिकोट नगरपालिका ४ निवासी ७५ वर्षिय मोहन सिंह पुन, रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका २ का २१ वर्षिय जोक बहादुर खड्का र २२ वर्षिय किरण ओली घाइते भएको प्रहरीले बताएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । साथै चालक फरार रहेकाले खोजी कार्य जारी रहेको र दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्