२०८१ माघ ७ गते सोमवार

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



१८ भदौ,घोराही-
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पढ्ढा निवासी ५२ बर्षीय सुरेश डाँगीको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार शुक्रबार बिहान ६ः ४० बजेको समयमा घर भित्रै कोठामा नाङ्गो तार प्लगमा घुसाउने क्रममा करेन्ट लागेर डाँगी गम्भीर अवस्थामा अस्पताल ल्याइएका थिए ।

गम्भीर अवस्थाका डाँगीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा बिहान ७:४० बजे मृत्यु भएको डिएसपी अर्यालले बताएउनुभयो ।।

 

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्