२०८१ माघ २६ गते शनिवार

बिजुली बत्ति बाल्न नपाउदै बबईमा बिद्युत पोल ढल्यो



१८ भदौ,घोराही –
दाङको बबई गाउँपालिका ७ मलईबासीले बिजुली बत्ति बाल्न नपाउदै बर्षा कारण आएको पहिरोले बिद्युत पोल ढालेको छ । अविरल बर्षाकारण आएको पहिरोले विद्युत पोल ढलेको हो । बिद्युत पोल र तार तानेको एक बर्ष पगेपनि मलईबासीले बत्ती बाल्न पाएका थिएनन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र पर्ने भएकाले बाटामा रहेका केहि रुख काट्नु पर्ने भएकाले हाल सम्म बिजुली बत्ति बाल्न समस्या भएको मलईबासीले बताएका छन् ।

बाटाका केहि रुख काट्नु पर्ने भएकाले निकञ्जले रोकेको तर यस प्रति कुनै निकायले समन्वय गर्न नसकेको उनीहरुको गुनासो रहेको छ । विकासबाट पिछडिएको मलई क्षेत्रमा सरोकारवालाको ध्यान नजादा विकास विहिन हुदै गएको मलईबासीहरुको भनाई छ ।।

प्रकाशित मिति : २०७८ भाद्र १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्