२०८१ चैत्र ६ गते बुधवार

सामी परियोजनाद्धारा अन्तरक्रिया, पाश्र्व चित्र पुस्तकको विमोचन



१९ असार, घोराही – 
सुरक्षित आप्रवासन सामी परियोजनाद्धारा आज घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । घोराही, तुलसीपुर, लमही र बबईमा गरी दाङका ४ पालिकामा काम गर्दै आएको सामी परियोजनाले आज चारै पालिकाका प्रमुख उपप्रमुख तथा जनप्रतिनिधि तथा पत्रकारहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वैदेशिक रोजगार सम्बन्धि पाश्र्व चित्र पुस्तकको विमोचन गरिएको हो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले वैदेशिक रोजगारीका क्रममा अलपत्र पर्दा, अंगभंग हुने खालका घटना हुदा सामी परिोजनाले सहजिकरण गरिदिदा सहज भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै घोराहीका प्रमुख चौधरीले बैदेशिक रोजगारीका लागि जादा सिप सिकेर बैधानिक तरिकाले जानु पर्ने बताउनु भयो । सकेसम्म देशमै स्वरोजगार बन्ने प्रयासमा लाग्नुपर्ने जानै परे सिप सिकेर सुरक्षित तरिकाले दक्षता प्राप्त गरेर जानुपर्ने बताउनुभयो ।।

 

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्