२०८१ असार २ गते शनिवार

विभागले भन्योः १५ दिनभित्रै राहदानी पाइन्छ



१९ असार,घोराही – 
राहदानी विभागले राहदानी लिन चाहनेलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाटै आवेदन दिन आग्रह गरेको छ । हाल राहदानी वितरणको प्रक्रिया छरिटो रहेको दाबी गर्दै विभागले सबै जिल्ला प्रशासन कार्यालयमार्फत् आवेदन दिएको १५ दिनभित्रमा राहदानी पाउने सुनिश्चितता भएकाले सम्बन्धित जिल्लाबाटै आवेदन दिन आग्रह गरेको हो ।

पछिल्लो समय काठमाडौं उपत्यका र आसपासमा जिल्लामा २–३ दिनभित्रै र अन्य जिल्लाको हकमा १० देखि १५ दिनभित्रमा राहदानी वितरण भइरहेको विभागको दाबी छ । आज एक विज्ञप्ति जारी गर्दै विभागले विभागबाट दैनिक बिहान ९ देखि साँझ ६ बजेसम्म राहदानी वितरणको काम गरिरहेको बताएको छ ।

विभागले हाल दैनिक ६ हजार ५ सय भन्दा बढी राहदानी उत्पादन गरिरहेको बताएको छ । त्यसमध्ये विभागमा मात्र दैनिक २ हजार ४ सयभन्दा बढीले राहदानी बनाउनका लागि आवेदन दिने गरेका छन् ।।

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्