२०८१ असार ६ गते बुधवार

‘होम ट्युसन’ पढाउने शिक्षक पक्राउ



 १९ असार,वीरगंज :

पर्सा प्रहरीले ‘होम ट्युसन’ पढाउने एक शिक्षकलाई पक्राउ गरेको छ । ट्युसन पढाउने क्रममा एक बालिकालाई अनैतिक गतिविधि गरेको आरोपमा ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा नक्कली नोटसहित दुईजना पक्राउ - Sankalpa Khabar

पक्राउ पर्ने शिक्षक वीरगंजमा सञ्चालित एक सरकारी प्राविका प्रधानाध्यपक रहेका छन् । गत शुक्रवार साँझ होम ट्युसन पढाउने क्रममा ७ वर्षीया बालिकासँग घरमा कोही नभएको मौका छोपी अनैतिक गतिविधि गरेको प्रहरीमा परिवारजनले उजुरी गरेका थिए । घटनाको विषयमा थप छानविन भइरहेको पर्साका एसपी रमेश बस्नेतले बताए । घटनामा पीडित पक्षले गोपनियता भंग नगर्नु भनेकोले विस्तृत विवरण खुलाउन नमिल्ने एसपी बस्नेतले बताएका छन्  ।

 

 

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्