२०८१ जेष्ठ ३० गते बुधवार

विशेषज्ञ सेवादेखि व्यवस्थापकीय सुधार गर्दै राप्ती प्रादेशिक अस्पताल



 १९ असार,घोराही –
राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरले सेवा सुधारका लागि प्रयास थालेको छ । रिफर सेन्टरको आरोप खेप्दै आएको अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ सेवादेखि व्यवस्थापकीय पक्षमा सुधार सुरु गरेको अस्पताल प्रसासनले जनाएको छ ।

राप्ती प्रादेशिक अस्पतालको स्तर वृद्धि Nepali Digital Newspaper

विरामीहरुको व्यवस्थापन र सजिलोको लागि शुक्रवारदेखि अस्पतालमा टोकन प्रणाली सुरु भएको छ भने प्रदेश सरकारको निर्णयअनुसार ओपीडीको टिकट निःशुल्क गराइएको छ ।

लुम्बिनी प्रदेश सरकारको साढे पाँच लाख लागतमा टोकन प्रणाली सुरु गरिएको हो । दुई स्थानबाट बिलिङको काम हुने र दुई स्थानबाट पुर्जा लिने गरी ब्यबस्था मिलाईएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहले बताउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा जिल्लामै पहिलो किलिनिकल तालिम घरको स्थापना गरिएको छ । दाङ जिल्लामा स्वाथ्यकर्मीहरुलाई तालिम दिन र लिन सजिलो बनाउने उदेश्यले प्रादेशिक अस्पताल भित्र तालिम घरको निर्माण भएको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभएको छ ।।

 

प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्