१९ असार ,नेपालगञ्ज –
नेपालगञ्जको जमुनाहा नाकामा बाँकेका दुई सहित चार जनालाई कोरोना पुष्टि भएको छ ।
जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार, बाँकेको कोहलपुर र बैजनाथ गाउँपालिकाका, दैलेख र सल्यानका एक÷एक जनालाई कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएकाहरु गुजरात, सिमला र मसुरी आएका थिए । नाकामा एक सय ५१ जनाको जाँच गरिएको थियो । असारमा दुई हजार एक सय ७० जनाको जाँच गर्दा ३९ जनालाई कोरोना पुष्टि भएको छ ।।
प्रकाशित मिति : २०७९ असार १९ गते आइतवार