२०८१ चैत्र १० गते आइतवार

सुनको मूल्य तोलामा एकैदिन एक हजारले घट्यो



२१ जेठ, काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर कारोबार भएको हो ।

साेमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपयाँमा कारोबार भएको थियो ।

साेमबार एक लाख ४० हजार ३०० रुपयाँमा कारोबार भएको छ । साेमबार चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस्