२०८१ फाल्गुन ३ गते शनिवार

दाङमा निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही



२० बैशाख,घोराही । दोस्रो लहरको रुपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । दाङमा निषेधाज्ञा उल्लंघन गर्ने २५ मानिस तथा ९३ वटा सवारीसाधनलाई कारवाही गरिएको छ । कारवाही पर्नेमा १० जना महिला र १५ जना पुरुष रेहेका छन । त्यसैगरि सवारी साधन अन्तर्गत ५१ वटा दुई पाङ्ग्रे र ४२ वटा चार पाङ्ग्रे गाडि रहेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले सोमबार दिनभरमा कारवाही गरिएको बताउनुुभयो । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट उनीहरुलाई एक घण्टा हाल्डगरि सचेत गराएर छोडिएकोे रिजालको भनाइ छ । साथै अनावश्य घरबाहिर ननिस्कन र यदि आवश्य काममा निस्किनै परे नजिकको प्रहरीलाई जानकारी दिन पनि जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले वैशाख १७ गते रातिदेखि २५ बेलुकी छ वजे रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्