२०८१ चैत्र १० गते आइतवार

दाङमा वितेको २० दिनमा २ सय ३४ विरामी संक्रमण मुक्त



२० बैशाख,घोराही /
कोरोना संक्रमण पुष्टि भएकाहरु मध्ये बैशाख महिनामा मात्रै निको हुनेको संख्या २ सय भन्दा धेरै पुगेको छ । आज ७३ जना विरामी संक्रमण मुक्त भएसँगै बैशाख १ गते यता अहिलेसम्म निको हुनेको संख्या २ सय ३४ पुगेको हो । आज कोरोना संक्रमणलाई जितेकाहरु ७३ जना नै होम आईशोलेसनमा बसेका बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

यस्तै केन्द्रका अनुसार बैशाख १ देखि अहिलेसम्म १ हजार ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ । आज दाङका ९० जनामा कोरोना देखिएसँगै संक्रमण पुष्टि हुनेको संख्या १ हजार ७ सय ३७ जना पुगेको केन्द्रले जनाएको छ । अहिले जिल्लामा १ हजार ५ सय २ जना कोरोनाका विरामी उपचाररत रहेको केन्द्रले जनाएको छ ।

यस्तै संक्रमणकै कारण वितेको २० दिनमा मात्रै ३२ जनाको मृत्यु भएको छ । आज दाङमा थप ५ जना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा घोराहीका दुई जना पुरुष, गढवा र तुलसीपुरका एक÷एक जना महिला रहेका छन् । यस्तै शान्तिनगर ५ निवासी ५० बर्षीय एक पुरुषको पनि संक्रमणकै कारण मृत्यु भएको छ । आज दाङका ५ जना संक्रमितको मृत्यु भएसंगै अहिले सम्म मृत्यु हुनेको संख्या ८७ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्