२०८० फाल्गुन १२ गते शनिवार

लुम्बिनी प्रदेशमा १३ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप



२० चैत,घोराही- बालबालिकालाई टाइफाइडबाट जोगाउन सरकारले खोपको व्यवस्था गरेको छ । टाइफाइडका बिरामीहरु बढ्दै गएपछि लुम्बिनीका दाङ सहित १२ जिल्लाहरुमा १५ महिनादेखि १५ वर्षसम्मका करिब १३ लाख बालबालिकालाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले चैत २२ गतेदेखि २८ गतेसम्म लुम्बिनीमा १३ लाख १३ हजार ९ सय ८९ लाई टाइफाइडविरुद्धको खोप लगाइने जानकारी दिनुभयो । यता दाङमा डेढ लाख बढी बालबालिकालाई खोप दिईने छ ।

टाइफाइडबाट उनसुकै उमेर समूहका व्यक्तिहरु प्रभावित हुनसक्ने भएपनि पहिलो चरणमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका यो रोगबाट बढी प्रभावित देखिएकाले खोप लगाउन थालिएको शर्माको भनाई छ ।

टाइफाइडबाट बच्नको लागि थाइपोइड खोप लगाउने जानकारी दिदै भारतमा उत्पादित यो खोपको प्रभावकारिता ९६ दशमलब ९५ प्रतिशत रहेकोले डर नमानी खोप लगाउन सकिने बताउनुभयो ।

चैत २२ गतेदेखि शुरु हुने खोप अभियान चैत २८ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरुको वार्षिक परीक्षा भएकोले बैशाख पहिले नै खोप अभियान सकिने स्वास्थ्य निर्देशनालयले तयारी गरेको स्वास्थ्य निर्देशनालय लुम्बिनीका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्