२०८१ चैत्र १० गते आइतवार

घोराहीमा महायज्ञ संचालनका लागि पत्रकार संग छलफल




२० चैत, घोराही – घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिरमा सञ्चालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप आज पत्रकारहरु संग छलफल गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका सञ्चार उपसमितिका संयोजक कमल ओलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गरिएको हो ।

यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन थालेको महायज्ञको बारेमा सचिवालय संयोजक हरीप्रसाद पाण्डे र डा. हिमलाल पन्थीले प्रकाश पार्नुभएको थियो ।

संस्कार गृह निमार्णसंगै यस क्षेत्रको संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको आयोजम मुल समितीका अध्यक्ष रमेश कुमार आचार्यले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्