२०८२ बैशाख ११ गते बुधवार

नारायणपुर उद्योग वाणिज्य संघको पद हस्तान्तरण कार्यक्रम सम्पन्न



२१ चैत,घोराही।
नारायणपुर उद्योग वाणिज्य संघको आठौँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको छ । नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र दहालको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो ।

आठौँ अधिवेशनबाट अध्यक्षमा अभियान बस्नेत, उद्योग उपाध्यक्षमा डिल्ली वली, वाणिज्य उपाध्यक्षमा तिलक महरा, महासचिवमा बसन्त न्यौपाने, सचिवमा निमलाल खनाल, कोषाध्यक्षमा रेखा के.सी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यमा भोला बुढाथोकी, जागेश्वर डाँगी, लिलाधर शर्मा (बिट्टु), शरद बुढाथोकी, केशरी बिष्ट र नारायण भट्टराई निर्वाचित हुनुभएको हो । दुई सदस्य कार्यसमितिले मनोनित गर्ने भएको छ । कार्यक्रमको सहजीकरण महासचिव दिपक सुुुुवेदीले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्