२०८१ फाल्गुन ४ गते आइतवार

दाङमा कोरोनाको दोस्रो डोज खोप पर्सी देखी लगाईने



२१ चैत्र,घोराही ।
दाङमा कोरोना भाइरस बिरुद्धको पहिलो खोप लगाएकाहरुलाई दोस्रो डोजको खोप लगाउने तयारी भएको छ । गएको माघ १४ गते देखी २४ गते सम्म पहिलो डोज खोप लगाएका व्यक्तिहरुलाई यही चैत्र २२ र २३ गते दोस्रो डोजको खोप लगाईने भएको हो ।

स्वास्थ्य कार्यालय दाङका अनुसार पहिलो डोज खोप लगाएको ८ हप्ता पुगेकाले दोस्रो डोज खोप लगाउने तयारी भएको हो । पहिलो चरणमा दाङमा ३ हजार ५ सय ४६ जनाले खोप लगाएका थिए ।

ति मध्य एक हजार जनालाई मात्रै अहिले दोस्रो डोजको खोप लगाईने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिनुभयो । अहिले एक हजार मात्रै खोप आएकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही र प्रादेशिक अस्पताल तुलसीपुरमा ५ सयका दरले खोप पठाईएको उहाँको भनाई छ ।

उक्त खोप स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक र शब व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई लगाउने तयारी भएको प्रमुख शाहीले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्