२०८१ साउन ३ गते बिहिवार

माधव नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पस्योः सूर्य थापा



२१ चैत,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले नेता माधवकुमार नेपाल अध्याँरो सुरुङमा पसेको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले माधव नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरुङमा पसेको बताएका हुन् ।

‘माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको छ, जसको बाहिर निस्कने अगाडि ठाउँ नै छैन, पछि फर्किन त झनै मिल्दैन’, उनले भनेका छन् ।

नेता नेपालसँग न पार्टी न चुनाव चिन्ह नत राजनीति नै नभएकाले संयमित हुन थापाले सुझाव दिएका छन् ।

‘साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी छ। नभए विजोग होला है’, उनले भने ।

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्