१९ फागुन, घोराही-
दाङको घोराहीमा जारी दोस्रो लक्ष्मण डाँगी स्मृति कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोरखा मावि घोराही विजयी भएको छ । गोरखा मावि घोराहीले गोरखा मावि लमहीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाईनलमा प्रवेश गरेको छ । यो सँगै सेमिफाईनल समीकरण पूरा भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुवै टीम दोश्रो हाफमा भने घोराहीको गोरखा माविले लमहीको गोरखा माविलाई खेलको अन्तिम समयमा लगातार दुुई गोल गर्दै सेमिफाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
आजको खेलमा म्यान अफ द म्याच गोरखा मावि घोराहीका रेवन बुढा भए । यसअघि गोरखा मावि तुुलसीपुर, ज्ञान ज्योति मावि तुलसीपुर र पद्मोदय नमूना मावि घोराही सेमिफाईनलमा पुुगिसकेका छन् । अब पहिलो सेमिफाईनल खेल भोलि बिहान ८ बजे गोरखा मावि तुलसीपुर र ज्ञानज्योति मावि बीच हुनेछ भने दोश्रो सेमिफाइनल खेल दिउँसो साढे २ बजे गोरखा मावि घोराही र पद्मोदय नमूना मावि घोराही बीच खेल हुने भएको आयोजकले जनाएको छ ।
वेष्ट नेपाल फुटबल एकेडेमीको आयोजनामा जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताले तल्लो तहबाटै नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ खेल आयोजना गरिएको एकेडेमीका अध्यक्ष सन्दीप वलीले बताउनुुभयो । प्रतियोगितामा जिल्लाभरका १२ वटा विद्यालयले भाग लिएका छन् । आगामी फागुन २१ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार १ सय ५१ रुपैयाँ र द्वितीय हुनेले टिमले २१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने भएका छन् । २०७५ मंसिर १२ गते घोराही १७ को कृत्रिम जलाशयमा डुबेर ज्यान गुमाएका लक्ष्मण डाँगीको स्मृतिमा प्रतियोगिता गरिएको हो ।