२०८१ माघ ७ गते सोमवार

पोषण स्वास्थ्य सम्बन्धी सचेतनासँगै पोषणयुक्त आहार प्रदान



१९ फागुन, घोराही- सुनौलो हजार दिनका आमा र बच्चाको पोषण स्वास्थ्य सम्बन्धी सचेतनासँगै पोषणयुक्त आहार प्रदान गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आयोजना तथा नयाँ बजार शहरी स्वास्थ्य केन्द्र र संस्थागत परिवार नियोजन क्लिनिकको समन्वयमा आज एक कार्यक्रम गरी स्वर्गद्वारी टोल विकास संस्थामा रहेका गर्भवती, सुुत्केरी आमा र २ वर्षमुनिका बच्चाहरुको पोषण स्वास्थ्यका बारेमा सचेतनासँगै स्थानीय स्तरमा पाईने खाद्य बस्तुुबाट कसरी पोषणयुुक्त खाना बनाउन सकिन्छ भन्ने व्यवहारिक ज्ञान सिकाइएको संस्थागत परिवार नियोजन क्लिनिक प्रमुख राधा पौडेलले जानकारी दिनुुभयो ।

गर्भवती आमा र बच्चा, गर्भवती भएदेखि २ वर्षभित्रका बच्चाको पोषण सुरक्षाका बारेमा पोषण प्रवर्द्धन कार्यक्रम अन्तरगत स्थानीय स्तरमा पाईने खानाबाट पोषिलो खाना बनाउने सीप, गर्भवती अवस्थामा गर्नुपर्ने स्याहार, नियमित खोप, सरसफाई, स्वास्थ्य जाँच आदि कुराका बारेमा जानकारी हासिल गरेको तालिममा सहभागीहरुको भनाई थियो ।

सो अवसरमा वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले मातृ शिशुको स्वास्थ्यका लागि बजारमा पाईने महंगो बस्तुुभन्दा आफ्नै घरमा उत्पादन हुने खानेकुरालाई सही ढंगले मिलाएर खानपान गर्न सकेमा त्यसले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्ने बताउनुुभयो ।

सिकेको ज्ञानलाई व्यवहारमा उतार्न र वडालाई कुपोषणमुुक्त बनाउन सबैलाई हातेमालो गर्न अपिल गर्नुभयो । सुुत्केरी आमालाई अण्डा र फलफूूल वितरण गरिएको कार्यक्रममा नयाँ बजार शहरी स्वास्थ्य केन्द्रका प्रभा शर्मा, सुआहाराका पोषण सहजकर्ता भीष्म चौधरी, स्वर्गद्वारी टोल विकास संस्थाका तारा खड्कालगायत सहभागी हुुनुुहुुन्थ्यो ।।

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्