१९ फागुन,घोराही – दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी स्वरुप उप समिती विस्तार तथा छलफल लाइ जारी राखिएको छ । प्रदर्शनीको प्रचार प्रसार तथा प्रदर्शनी स्थलमा भौतिक निर्माण कार्य समेत वितव्रता दिएको प्रर्दशी मुल आयोजक समितीका संयोजक टंकसिंह वुढाथोकीले जानकारी दिए । प्रदर्शनीलाई मर्यादित तथा व्यवस्र्थीत बनाउन सबै उप समितीले काम अगाडि वढाएको उनको भनाइ छ । अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएको उनले बताए । अहिले सबै उप समितीहरुले आफनो कामलाइ तिव्रता दिएको मुख आयोजक समितीका उप संयोजक एवम संघका महासचिव महेन्द्र वढाथोकीले जानकारी दिए ।
विहिवार घोराही क्षेत्रमा रहेका टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु संग छलफल गरिएको छ । छलफलमा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले संघले थालेको प्रदर्शनीमा सहयो गर्ने प्रतिवद्धता जनाएका थिए । शोभा यात्रामा आ आफनो तर्फ वाट झाँकी सहित सहभागि हुने बताएका थिए । बैठकले शोभा यात्रा उप समितीमा टोल विकास संस्थाका प्रतिनिधीहरुलाई सदस्यमा राख्ने निर्णय गरेको शोभा यात्रा उप समितीका संयोजक नरेशकुमार श्रेष्ठले जानकारी दिए ।
धार्मिक उप समिती विस्तार गरिएको छ । उप संमितीका संयोजक विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको बैठकले प्रकास भटराइको सह संयोजकत्वमा समिती गठन गरेको छ । समितीको सदस्यहरुमा सुनिलकुमार देवकोटा, धनपती शर्मा , टोपेन्द्र पौडेल, धनश्याम के सी, शिव गौतम, वशन्तराज शर्मा, उमाकान्त भण्डारी, कृष्ण गिरी, राजन रावत, उदयवहादुर डाँगी रहेका छन् । जसको सल्लाहाकार समितीमा भोलानाथ योगी, जयानन्द शर्मा, प्रेम शाह, दधिराम भण्डारी र तोयानाथ योगी रहेका छन् ।
स्टल व्यवस्थापन उप समिती विस्तार गरिएको छ । स्टल व्यवस्थापन उप समितीको सदस्यमा मुक्तिराम खनाल, केशव भुसाल, सचेत शर्मा, सञ्जीव श्रेष्ठ, भुवन आचार्य, सालिकराम थापा, राजेन्द्र लामा, नारायण राणा क्षेत्रि, समिर के सी, सुसिल परियार, आकाश विश्वकमा रहेको स्टल व्यवस्थापन उप समितीका संयोजक माधव खनालले जानकारी दिए । समितीको सल्लाहाकारमा विष्णु सुवेदी, निमवहादुर वुढाथोकी, देवीराम न्यौपाने रहेका छन् ।
त्यसैगरेर टिकट व्यवस्थाप उप समिती विस्तार गरिएको छ । समितीमा शालीकराम खनाल, थानेश्वर वुढा, सुरज सुवेदी, सन्तोष गिरी, बिक्रम राना, श्याम वि क, ज्ञानवहादुर वुढामगर, खेमराज भण्डारी, विश्व पौडेल, गणेश दगाल र भरत सुनार रहेको उप संमितीका संयोजक विकास वलीले जानकारी दिए । समितीको सल्लाहाकारमा मधु अधिकारी, एकराज खनाल, विनोद गहतराज, दिनानाथ शर्मा रहेका छन् । त्यसै गरेको प्रदर्शनीका बारेमा पुर्व अध्यक्ष तथा पुर्व पदाधिकारीहरु संग समेत छलफल गरिएको छ । संघको आयोजनामा“उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास” भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सञ्चार संयोजक अमरराज आचार्यले जानकारी दिए ।