१९ फागुन,घोराही । पश्चिम दाङमा ११ बर्षकी बालिका बालात्कारमा संलग्न रहेको आरोपमा २ किशोर पक्राउ परेका छन् । ट्वाङखोलाको जंगलमा मंगलबार साँझ साढे ६ बजे ती बालिका बलात्कारमा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा स्वास्थ्य परिक्षण गरिएको छ । दुबै किशोरले कराएमा चक्कुले हानेर मारिदिने धक्मी दिएर बलात्कार गरेको प्रहरीले बताएको छ । बालिकाको यौनिबाट रक्तश्राव भएर हिड्न समेत गाह्रो भएको पारिवारीक स्रोतले बताएको छ ।
आरोपित किशोर १३ बर्ष र ११ बर्ष भएकाले नाम नखुलाएको प्रहरीले बताएको छ । उमेर सानो भएपनि शारिरीक विकास भइसकेकाले बालिकालाई थप शारिरीक असर परेको प्रहरीले बताएको छ । आरोपीले चक्कु भन्दै पेजकस राखेको प्रहरीले जनाएको छ । बालिकाले घरमा आएर जानकारी गराएपछि घटना सार्वजनिक भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।