२०८१ मङ्सिर २५ गते मङ्गलवार

लुम्बिनीमा ६ सय स्वास्थकर्मी संक्रमित



२० माघ,घोराही –
लुम्विनी प्रदेशमा एक महिनाको अवधिमा ६ सय बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् । कोरोना भाइरसको तेस्रो चरण फैलिएसँगै यस प्रदेशमा धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भएका हुन् ।

कोरोना भाइरस परीक्षण, रोकथाम तथा नियन्त्रणका लागि प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा खटिएका ६ सय १६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

तेस्रो चरणको कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशका ७ हजार ६ सय ४१ जना संक्रमित भएका छन् । पुस १५ गतेदेखि यता प्रदेशमा सबैभन्दा धेरै संक्रमितहरु रुपन्देही जिल्लामा १९ सय ४६ जना सक्रिय संक्रमित भएका छन् । प्रदेशमा नेपाल भारत सीमा ख्ुल्ला भएका कारण नाकासँग जोडिएका रुपन्देही, बाँके, बर्दिया र दाङलगायतका जिल्लाहरु संक्रमणको जोखिम उच्च रहेको छ ।

त्यसैगरी बाँकेमा १ हजार ९८ जना, बर्दियामा ९ सय ७२ जना, दाङमा ६ सय ६१, गुल्मीमा ६ सय ५९, कपिलवस्तुमा ४ सय ९४, नवलपरासीमा ४ सय ६१, प्युठानमा २ सय २१, रोल्पामा १ सय ९५, अर्घाखाँचीमा १ सय ३१ र पूर्वी रुकुममा ४३ जना रहेका छन् । तथ्यांकअनुसार प्रदेशमा सबैभन्दा कम पूर्वी रुकुममा संक्रमितहरु रहेका छन् ।।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्