२१ माघ, दाङ । दाङको तुलसीपुर स्थित घोराही रोडमा एक जना व्यक्ति मृत फेला परेका छन् । तलसीपुर उपमहागनरपालिका ६ गाइडर निबासी ५० बर्षका विष्णु चौधरी आज बिहान मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुर बजारमा दैनिक ज्यालादारी काम गर्दै आएका चौधरी बिहान सडकमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चौधरीको मृत्युको कारण खुलेको छैन् ।।
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार