१९ पुस, घोराही –
घोराही कारागारबाट कैदी भागेको प्रकरणमा अदालतले प्रहरी जवान सहित दुुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस हिमलाल बेल्वासेको एकल इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनिहरु सँग होटलमा गएकी तुलसीपुर उपमहानगरपालिका ३ की समी चौधरीलाई पुुर्पक्षका लागि कारागार चलान गरेको हो ।
सोमबार भएको थुनछेक बहसमा कारागारका सुरक्षा इन्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीलाई १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । त्यसैगरी, थकाली भान्साघरका सञ्चालक घोराहीका सौजन्य खनाल र घोराही १६ की विपशा चौधरी साधारण तारेखमा छुुटेका छन् । पक्राउ परेकाहरु बिरुद्ध कैदी भागे भगाएको शिर्षकमा मुुद्धा दायर भएको थियो । कारागारका जेलर युवराज परियार गत शुुक्रबार नै छुटिसकेका थिए ।
कारागार बिभागले जेलरलाई पक्राउ नगर्नुु भन्ने निर्देशन दिएपछि केही दिन हिरासतमा बसेको परियारलाई प्रहरीले छोडेको थियो । यही पुुस ७ गते कारागारका नाईके रहेका यामराज परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले कारागारबाट अस्पताल लगेका थिए ।
तर उनिहरु अस्पताल नगई दुुई जना युुवती लिएर होटलमा गएको र उतैबाट कैदी परियार भागेका थिए । परियारको खोजी कार्य जारी रहेको भए पनि अझै फेला पर्न नसकेको प्रहरीले बताएको छ । भागेका कैदी परियार भारत पसेको प्रहरीको अनुुमान छ । मिलेमतो मै कैदी भगाएको प्रहरी निष्कर्ष छ ।।