२०८१ मङ्सिर २५ गते मङ्गलवार

आज दाङका २ जनामा कोरोना पुष्टि



१९ पुस, घोराही – दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ जनाको पिसीआर परिक्षण गर्दा एक जना पुरुष र एक जना महिलामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा घोराही र तुलसीपुरका रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । यस्तै आज ४ जना कोरोना मुक्त भएका छन् । मुक्त हुनेमा तुलसीपुरका २, घोराही र लमहिका १÷१ जना रहेका छन् ।

अहिले जिल्लामा सकृय विरामीको संख्या ५ जना रहेको छ । सक्रिय विरामी सबै घरमै रहेको केन्द्रले जानकारी दिएको छ ।।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्