२०८१ माघ ४ गते शुक्रवार

दाङका फार्मासिष्टहरु आन्दोलनमा



१९ पुस, घोराही – नेपाल फार्मेसी संघ दाङले तालिमको भरमा औषधी बिक्रि वितरण गर्न नपाईने भन्दै बिरोध जनाएको छ । १६ दिने फार्मेसी तालिम लिएका जनशक्तिलाई पनि सरकारले औषधी बिक्रि वितरण गर्नसक्ने प्रस्ताव अघि सारेकाले सरकारको यो प्रस्ताव तत्काल सच्याउन माग गर्दै नेपाल फार्मेसी संघ दाङ शाखाका फार्मासिष्टहरु आन्दोलनमा उत्रिएका हुन् ।

संघका अध्यक्ष शुलभ अधिकारीका अनुसार तालिम मात्रै लिएका जनशक्तिले औषधी बिक्रि वितरण गर्दा नागरिकको स्वास्थ्य खतरामा पर्ने भएकाले तालिम लिएकालाई औषधी बिक्रिवितरण गर्न दिन सरकारले अघि सारेको प्रस्ताव तत्काल सच्याउनु पर्ने माग राख्दै फार्मासिष्टहरु आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो ।

संघका अध्यक्ष अधिकारीले सरकारले तालिम लिएका जनशक्तिलाई औषधी बिक्रि वितरण गर्न मान्यता दिन खोजिरहेकाले सरकारले अघि सारेको यो प्रस्तावलाइृ तत्काल खारेज गर्न दाङका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत फार्मासिष्टहरुले बिरोध गरेको जानकारी दिनुभयो । हाल नेपालमा करिव २२ हजार फार्मासिष्टहरु कार्यरत रहेका छन् ।।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्