२०८१ मङ्सिर २४ गते सोमवार

माओवादी केन्द्रको नवनिर्चाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै



१९ पुस, घोराही – नेकपा (माओवादी केन्द्र)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। काठमाडौंमा हिजो सम्पन्न आठौँ महाधिवेशनले केन्द्रीय कमिटीमा २ सय ३६ जना चयन गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे बस्ने बैठकले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्न सक्ने महराको भनाइ छ ।

हिजो साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ सय ३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्दै महाधिवेशन सम्पन्न भएको जानकारी गराउनुभएको थियो । अध्यक्ष प्रचण्डले प्रस्तुत खुलातर्फ १ सय ११ र समावेशीतर्फ १ सय २५ जना केन्द्रीय सदस्यको नामबन्दसत्रले अनुमोदन गरेको थियो ।

कुल २ सय ९९ सदस्यीय केन्द्रीय समितिमा अब समानुपातिक तर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ । उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन् । आजको केन्द्रीय समिति बैठकले १५ पदाधिकारी सहित थप केन्द्रीय सदस्य चयन गर्ने छ ।।

प्रकाशित मिति : २०७८ पुष १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस्