२०८२ बैशाख १० गते मङ्गलवार

कांग्रेस दाङद्वारा बागी उम्मेदवार जोशी र शर्मालाई पार्टीबाट निष्काशन



 १९ पुस, घोराही ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नै आधिकारीक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका बसन्त जोशी र धनपती शर्मालाई नेपाली कांग्रेसले पार्टीबाटै निष्काशन गरेको जनाएको छ ।

कांग्रेस क्षेत्र नम्बर २ ले अध्यक्ष पदका बागी उम्मेदवार जोशी र कोषाध्यक्ष पदका उम्मेदवार शर्मालाई कांग्रेसबाट कारवाही गरेर निष्काशन गरिएको जनाएको छ । कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपहादुर डाँगीले विज्ञप्ती जारी गर्दै प्रजातान्त्रीक उद्यमीसंग र नेपाली कांग्रेस घोराही नगर समितिले कारवाही गरिसकेको भन्दै उनिहरुलाई कांग्रेसबाट कारवाही गरि निष्काशन गरिएको जनाएका छन् । साथै उनीहरुको अब नेपाली कांग्रेसमा कुनै संलग्नता नरहेको पनि कांग्रेस क्षेत्रीय समितिले स्पष्ट पारेको छ ।

‘प्रजातान्त्रीक उद्यमीसंग र कांग्रेस घोराही नगर समितिले निजहरुलाई कारवाही गरि निष्काशन गरेको हुँदा आजका मिति देखि निजहरुको नेपाली कांग्रेसमा कुनै पनि संलग्नता नरहेको जानकारी गराउँदछौँ,’ क्षेत्रीय सभापति डाँगीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : २०७७ पुष १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्