१७ मंसिर, काठमाडौं–आइतबार सम्पन्न ३३ वडाध्यक्षको उपनिर्वाचनमध्ये सोमबार बिहानसम्म ३० वटा वडाको चुनावी नतिजा प्रकाशित भएको छ । उदयपुरको बेलका–१, कीर्तिपुरको वडा नम्बर ४ र डोल्पाको त्रिपुरासुन्दरीको भने परिणाम आउन बाँकी छ ।
निर्वाचन प्ररिणाम आइसकेका ३० वटा वडामध्ये नेपाली कांग्रेसले ०७९ को स्थानीइ चुनावमा १९ वडा जितेको थियो । यसमा अहिले कांग्रेसले १३ वडा जितेको छ भने ६ वटा वडाहरु गुमाएको छ । उपचुनावमा कांग्रेसले जितेका वडाहरुमा तेह्रथुमको लालीगुराँस–८, सुनसरीको गढी–६, रौतहटको ईशनाथ–७ र राजपुर–६ रहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ मा पनि जित हात पारेको छ । उसले हेटौडा उपमहानगर–१२, रुकुमपश्चिमको सानीभेरी– ५, रोल्पाको रुन्टीगढी–४, बर्दियाको ठाकुरबाबा–४, जारकोटको कुसे–७, बझाङको सूर्मा–४, डोटीको पूर्वचौकी–६, दार्चुलाको दुहु–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष जितेको छ ।